Sep 17 2026 | २०८३, असोज १ गते

मन्त्री कुमारीको अभिव्यक्तिप्रति उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण

मन्त्री कुमारीको अभिव्यक्तिप्रति उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण

गम्भीर ध्यानाकर्षण

बिहीबार , भदौ २५ २०८३
बिहीबार , भदौ २५ २०८३
  • मन्त्री कुमारीको अभिव्यक्तिप्रति उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण

    काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको उद्योगी व्यवसायीलाई लक्षित गरेको भनाइप्रति नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको छ। बुधबार संसदीय समिति बैठकमा मन्त्री कुमारीले ग्यास उद्योगीहरूलाई पाता नकसेसम्म ग्यास सहज नहुने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकी थिइन्, जसले निजी क्षेत्रलाई निराश बनाएको परिसंघले जनाएको छ।

    परिसंघका अनुसार यस्ता अभिव्यक्तिले विपत्तिका बेला सरकारसँगै सहकार्य गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागिपरेका उद्यमीलाई निराश बनाएको छ। लगानी अभिवृद्धि, रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अतिआवश्यक रहेको अवस्थामा यस्ता अभिव्यक्तिका कारण निजी क्षेत्रको मनोबल बढाउन तथा समस्या समाधानमा अवरोध सिर्जना गर्ने परिसंघको ठहर छ।

    परिसंघले भने, आपूर्ति शृंखलामा भएको परिस्थितिजन्य अवरोधका कारण भएको अभावमा कुनै उद्योगी व्यवसायीले बदनियतपूर्वक ग्यासको कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित पक्षमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने विषयमा परिसंघ स्पष्ट रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट