Sep 17 2026 | २०८३, असोज १ गते

भोटेकोशी पुनर्निर्माणका लागि सिंहदरबारमा शीर्ष नेताहरूको सर्वदलीय बैठक

भोटेकोशी पुनर्निर्माणका लागि सिंहदरबारमा शीर्ष नेताहरूको सर्वदलीय बैठक

सिंहदरबारमा शीर्ष नेताहरूको सर्वदलीय बैठक

बुधबार, भदौ ३१ २०८३
बुधबार, भदौ ३१ २०८३
  • भोटेकोशी पुनर्निर्माणका लागि सिंहदरबारमा शीर्ष नेताहरूको सर्वदलीय बैठक

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बुधबार बिहान साढे ११ बजेदेखि सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा निर्णय गर्ने बताइएको छ।

    गत भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।

    त्यसपछि भदौ १५ गते दोस्रो तहका नेताहरूको सहभागितामा बसेको सर्वदलीय बैठकले सोही १० बुँदे सङ्कल्पलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही शृंखलामा आज तेस्रो पटक शीर्ष नेतृत्वस्तरको सर्वदलीय बैठक बोलाइएको हो।

    आजको बैठकमा रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानबहादुर शाही, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतका शीर्ष नेता सहभागी छन्।

    बैठकको मुख्य एजेन्डा भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन आवश्यक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित रहेको छ। विपद्को वर्तमान परिस्थितिमा राजनीतिक दलहरू विभाजित नभई एकजुट भएर उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्नुपर्ने धारणा विभिन्न नेताहरूले पहिलेका बैठकहरूमा समेत राखिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट