Sep 19 2024 | २०८१, असोज ३ गते

बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिवद्धता

बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिवद्धता

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २३ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २३ २०७९
  • बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिवद्धता

    काठमाडौं । बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरेका छन् । 

    images
    images

    कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला उनले नागरिकको इन्धन मूल्य नियन्त्रणको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गरेका हुन्  ।

    रिपोर्टका अनुसार यो योजनामा बेलायतको कोभिड–१९ कालीन रोजगार सहयोग योजनालाई उछिनेर १०० अर्ब पाउन्ड ९११६ अर्ब अमेरिकी डलर० भन्दा बढी खर्च  लाग्न सक्ने बताए । 

    न त ट्रस न त उनको कार्यालयले नागरिकको पिडा बनेको इन्धन मूल्यबारे पुष्टि गरेको नभएपनि डाउनिङ स्ट्रिटले बुधबार राति मात्र प्रधानमन्त्रीले ‘साहसिक कार्य योजना’ ल्याउन लागेको बताएको छ ।

    देशभरिका परिवार र व्यवसायहरू यस शरद ऋतु र जाडोमा कसरी गुजारा चलाउने भनी चिन्तित  रहेको उनले बताए । 

    युक्रेनमा रूसी नेता भ्लादिमिर पुटिनले घोषणा गरेको युद्ध र युरोपमा ग्याँस आपूर्तिको हतियार विश्वव्यापी मूल्य वृद्धि गरिरहेकोले्  दीर्घकालीन ऊर्जा सुरक्षा र आपूर्तिलाई बढावा दिनुपर्ने उनले बताए । 

    इन्धन विधेयककासाथ मानिसहरू र व्यवसायहरूलाई मद्दत गर्न तुरुन्तै कदम चाल्ने तर यी समस्याहरूको मूल कारणलाई सम्बोधन गर्न निर्णायक कदम चाल्ने उनले बताए ।

    बेलायती घरपरिवारले अक्टोबरदेखि घरेलु विद्युत् र ग्यासको मूल्यमा ८० प्रतिशतले वृद्धिको सामना गरिरहेका छन्, जसका कारण लाखौं मानिसले यो जाडोमा आफ्नो घर तताउन नसक्ने डर सिर्जना गरेको छ । 

    यूरोपमा इन्धन मूल्यमा जनवरीदेखि अझै वृद्धि हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार