Sep 19 2024 | २०८१, असोज ३ गते

ललितानिवास जग्गा प्रकरण : अभियुक्तको बयान लिने क्रम जारी 

ललितानिवास जग्गा प्रकरण : अभियुक्तको बयान लिने क्रम जारी 

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • ललितानिवास जग्गा प्रकरण : अभियुक्तको बयान लिने क्रम जारी 

    काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका अभियुक्तहरूसित बयान लिने क्रम आज पनि जारी छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश भोलानाथ ढकालको रोहबरमा इजलास अधिकृतले बयान लिँदै छन् ।

    images
    images

    अहिले मीनबहादुर गुरुङ, बाकृष्ण श्रेष्ठ र कलाधर देउजाको बयान लिइँदै छ । पहिलो दिन सोमबार अभियुक्तमध्येका शिव भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । 

    गएको आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गराएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको हो ।

    सीआईबीले संगठित अपराध र किर्तेमा मुद्दा चलाउन राय दिएको थियो । सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा चलाएको हो ।

    सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो ।

    जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासित बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।

    १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको ब्युरोको अनुसन्धानले देखाएको छ । चार पूर्वमन्त्री, बहालवाला सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यलगायत व्यक्तिलाई प्रतिवादी बनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार