Sep 19 2024 | २०८१, असोज ३ गते

विभाजनकाे संघारमा समाजवादी माेर्चा

विभाजनकाे संघारमा समाजवादी माेर्चा

गत असार ४ मा सत्तारूढ गठबन्धनमा रहेकाे नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेकाे नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी माेर्चा घाेषणा गरेका थिए ।

बुधबार, भदौ १३ २०८०
बुधबार, भदौ १३ २०८०
  • विभाजनकाे संघारमा समाजवादी माेर्चा

    काठमाडौं । घाेषणा भएकाे तीनमहीना नपुग्दै चार दलीय समाजवादी माेर्चा विभाजनकाे संघारमा पुगेकाे छ । खासगरी अमेरिकी सहयोग परियोजना (एमसिसी) को विवादले समाजवादी मोर्चामा विवाद देखिएकाे हाे । सोहीको नतिजास्वरूप मोर्चाको धनगढीमा आजका लागि तय सन्देशसभा स्थगित भएको छ ।

    images
    images

    आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो ।

    आज एमसीसी कार्यान्वयनमा जाँदैछ । तर, एमसीसी कार्यान्वयनमा सरकार जाने भएपछि आफूहरू सँगै सभामा जान नसक्ने विप्लवले बताएपछि आजको सभा स्थगित भएको नेकपा नेता अनिल शर्माले बताए । आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको थियो । विप्लवले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको बताइएको छ ।

    उनले  भने, ‘सरकार एमसीसीमा लागेपछि धनगढीको सभा स्थगित भयो । एमसिसी कर्यान्वयनमा जाने भएपछि हामीसँगै सभामा जान सक्दैनौं भनेपछि स्थगित भएको हो । मोर्चाको घोषणापत्रममा राष्ट्रिय स्वाधिनता र समाजवादको निम्ति सहकार्य गर्ने भन्ने छ ।’ गत असार ४ मा सत्तारूढ गठबन्धनमा रहेकाे नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेकाे नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी माेर्चा घाेषणा गरेका थिए ।

    यता, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माेर्चाकाे औचित्य नरहेकाे बताएका छन । समाजवादी मोर्चाको औचित्य छैन भन्न खोज्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने–हो, यस्तो किसिमको समाजवादी मोर्चाको औचित्य छैन। पुँजीवादी शक्तिको काखमा बसेर हामीले कहिल्यै समाजवादी क्रान्ति गर्न सक्दैनौँ। त्यो सम्भव छैन। हामी समाजवादी क्रान्ति अघि बढाउन चाहन्छौँ भने पुँजीवादले ग्रस्त शक्तिलाई छाड्नुपर्छ। पुँजीवादविरुद्ध लड्न आवश्यक छ। तर पुँजीवादीसँग मिलेर लड्न सकिन्न। अहिले यो नै भइरहेछ। हाम्रा प्रतिस्पर्धीसँग मिलेर हामी समाजवादी क्रान्तिकारी अघि बढाउन सक्दैनौँ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार