विप्लवले बोलाए स्थायी समिति बैठक, सरकारबारे आधिकारिक धारणा बनाइने
विप्लवले बोलाए स्थायी समिति बैठक, सरकारबारे आधिकारिक धारणा बनाइने
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने भएको हो । विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको जनाइएको छ ।
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनसम्बन्धी सम्झौता बुधबारबाट कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा समीक्षा गर्ने भएको छ ।