Sep 19 2024 | २०८१, असोज ३ गते

राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन : मन्त्री किराँती

राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन : मन्त्री किराँती

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन : मन्त्री किराँती

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति भनेको फूलको ओछ्यानमा सुतेकोजस्तो सजिलो नभएको बताएका छन् ।

    images
    images

    नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा मन्त्री किरातीले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै आफूहरु काँडाको बाटोमा हिँडिरेको बताएका हुन् । ‘राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन तरवारको धारमा आगो ज्वालामा पस्ने शाहस गर्ने मान्छेले मात्र राजनीतिमा लाग्छ । फूलको बाटो हामी हिडिरहेका छैनौं । काँडाको बाटो हिँडिरहेका छौं ।’

    मन्त्री किरातीले पर्यटनको क्षेत्र सबैको लागि प्राथमीकताको विषय भएको बताएका छन् । पर्यटन ऐनहरु सुधार्न आवश्यक भएको र त्यो बाटोमा आफुहर लागेको उनको भनाई छ । ‘हामीले व्यवस्था बदल्यौं । व्यवस्था बदल्न जस्तै कठिन रहेछ अवस्था बदल्नु । अहिले हामी कम्मर कसेर लागेका छौं ।’

    मन्त्री किरातीले देश र जनताको सेवा गर्न र समृद्ध नेपाल निमार्णको लागि भ्रष्टचारको जरालाई फाल्न आवश्यक भएको बताए । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार