Sep 19 2024 | २०८१, असोज ३ गते

विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो एमसीसीविरुद्ध आन्दोलन

विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो एमसीसीविरुद्ध आन्दोलन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो एमसीसीविरुद्ध आन्दोलन

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।

    images
    images

    त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकपछि स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले जानकारी दिए ।

    काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने नेता शर्माले जानकारी दिए । लप्सिफेँदीको कार्यक्रमको नेतृत्व उमा भुजेल र नुवाकोटको कार्यक्रमको नेतृत्व शर्माले गर्ने छन् । पूरै अभियानभर स्थायी कमिटी बैठक सदस्य

    त्यसपछि असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने उनले जानकारी दिए । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने छ । आन्दोलनको पूरै अभियानभर स्थायी कमिटी सदस्य सुशील सहभागी हुने स्थायी कमिटी सदस्य शर्माले जानकारी दिए ।

    त्यसपछि फेरि स्थायी कमिटीको बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने नेता शर्माले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार