images

Oct 01 2026 | २०८३, असोज १५ गते

कोशीका मुख्यमन्त्रीविरुद्धको रिट फेरि खतिवडासहितको इजलासमा

कोशीका मुख्यमन्त्रीविरुद्धको रिट फेरि खतिवडासहितको इजलासमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • कोशीका मुख्यमन्त्रीविरुद्धको रिट फेरि खतिवडासहितको इजलासमा

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा फेरि पनि ईश्वरप्रसाद खतिवडासहितको इजलासमा परेको छ।

    मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि आज खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको हो। 

    यसअघि भदौ ७ गते पनि उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकै एकल इजलासमा भएको थियो।

    खतिवडाले विश्वाको मत लिएको प्रक्रिया नमिलेको बताएका थिए। कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिँदै विश्वासको मत लिँदाको सक्कल फाइल उनले झिकाएका थिए। 

    कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए।

    यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार