Sep 19 2024 | २०८१, असोज ३ गते

प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको चुच्च‍े नक्सा नसमेटिएको विषयमा संवाद हुन्छ : माओवादी केन्द्र 

प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको चुच्च‍े नक्सा नसमेटिएको विषयमा संवाद हुन्छ : माओवादी केन्द्र 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको चुच्च‍े नक्सा नसमेटिएको विषयमा संवाद हुन्छ : माओवादी केन्द्र 

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले चीनले जारी गरेको नक्सामा चुच्चे नक्सा सहतिको नेपालको नक्सा नसमेटेको विषयमा कूटनीतिक माध्यमबाट छलफल हुने बताएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण्मा सो विषय उठ्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। 

    images
    images

    ‘पहिलो कुरा चीनले जारी गरेको नक्साका सन्दर्भमा त्यो के भयो? त्यो किन त्यस्तो हुन गयो? धेरै महत्वपूर्ण विषयलाई त्यहाँ समेटिएन भन्ने छ। ती विषयलाई कूटनैतिक माध्यमबाट कुरा गर्नुपर्छ,’ प्रवक्ता सापकोटाले भने, ‘प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ, त्यसबारेमा कुरा हुन्छ। यसबारेमा प्रष्ट हुनुपर्छ।’

    चीनको प्राकृतिक स्रोत मन्त्रालयले भदौ ११ मा सार्वजनिक गरेको आफ्नो नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सी समेटेको छ। चीनले चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमानाको रेखांकनका आधारमा उक्त नक्सा तयार पारेको दाबी गरेको छ।

    नेपालले २०७७ जेठमा  लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपालको नयाँ नक्सामा समेटिएको ‘चुच्चे’ भूभाग चीनले सन् १९०३ नै आफ्नो भूमि दाबी गर्दै आएको छ। यता भारतले उक्त भूमि आफ्नो भएको दाबी गर्दै आएको छ। भारतले सन् २०१९ नोभेम्बरमा आफ्नो परिमार्जित नक्सामा उक्त भूमि समेटेको छ।

    चीनको नयाँ स‌ंस्करणको नक्सामा नेपालको नयाँ नक्सालाई अ‌ंकित समेत गरिएको छैन।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार