images

Sep 30 2026 | २०८३, असोज १४ गते

एक्सको निष्क्रिय खाता ५० हजार डलरमा बेच्दैछन् एलन मस्क

एक्सको निष्क्रिय खाता ५० हजार डलरमा बेच्दैछन् एलन मस्क

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
  • एक्सको निष्क्रिय खाता ५० हजार डलरमा बेच्दैछन् एलन मस्क

    क्यालिफोर्निया । माइक्रो ब्लगिङ वेबसाइट एक्स (ट्विटर)ले निष्क्रिय ह्यान्डलहरू बेच्ने भएको छ । लिलामीमा ५० हजार डलरसम्म तिर्ने क्रेताहरूलाई कम्पनीले उनीहरूले रोजेको निष्क्रिय ट्विटर ह्यान्डल दिने भन्दै अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले आन्तरिक इमेललाई उद्धृत गर्दै खबर छापेको छ ।

    अहिलेसम्मको कम्पनीको नीतिअनुसार निष्क्रिय ट्विटर ह्यान्डल रिलिज गर्न मिल्दैन । कम्पनीको नीतिले विगत ३० दिनसम्म लग इन नभएका खातालाई निष्क्रिय मान्छ । अहिलेसम्म कम्पनी स्वयम्ले भने यसको सार्वजनिक घोषणा गरेको छैन ।

    डोम्यान्ड ह्यान्डल खुला गर्न कम्पनीले डेढ अर्ब निष्क्रिय खाता डिलिट गर्ने गएको वर्षको अन्त्यतिर मस्कले घोषणा गरेका थिए । लिलामीमा निष्क्रिय खाता बेच्ने हो भने कम्पनीको चुनौतीपूर्ण वित्तीय अवस्थामा सुधार आउने छ । मस्कले कम्पनी किनेको पहिलो वर्ष कुनै समय हरेक दिन औसतमा ७ करोड डलरका दरले एक्सको मूल्याङ्कन घटेको थियो ।

    निष्क्रिय खातालाई लिलामीमा बेच्ने कुराप्रति एक्सका प्रयोगकर्ता विभाजित देखिन्छन् । केहीले यसलाई राम्रो भनेका छन् भने केहीले प्रयोगकर्ता बेसलाई निचोरेर एक एक सेन्ट झार्ने प्रयास भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट