images

May 17 2024 | २०८१, जेठ ४ गते

दोस्रो चीन–नेपाल मिडिया सम्मेलन सम्पन्न

दोस्रो चीन–नेपाल मिडिया सम्मेलन सम्पन्न

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
  • दोस्रो चीन–नेपाल मिडिया सम्मेलन सम्पन्न

    काठमाडाैँ । साउथ एसिया नेटवर्क टिभिले आयोजना गरेको दोस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।  बेल्ट एण्ड रोड इनिसियटिभको १०औं वार्षिकोत्सव र नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८औँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको लाजिम्पाटस्थित होटेल मल्लमा सो कार्यक्रमको आयोजना गरिएको थियो। 

    images
    images

    दुई देशका मिडियाबीचको सहकार्यलाई सकारात्मक जोड दिँदै जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु पर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री, रेखा शर्माले बाताईन्  । मिडियामा आउने आलोचना र खबरदारीले मात्र सरकारलगायत राजनीतिक शक्तिहरुलाई गलत बाटोमा जानबाट रोक्न सक्ने उनले बताइन् । 

    सम्मेलनमा सहभागी मिडिया तथा पत्रकारहरुलाई पत्रकारिताका विश्वब्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गर्दै त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने आयोजक साउथ एसिया नेटवर्क टिभिले जनाएको थियो। त्यसैगरी दुई देशका मिडियाबीचको आदन प्रदानलाई  अझै प्रगाड बनाउने उद्देश्य राखेको छ । 

    कार्यक्रममा नेपालको पर्यटन क्षेत्र, सांस्कृतिक क्षेत्र, पूर्वाधार विकास र बदलिँदो जनसम्बन्धमा साउथ एसिया नेटवर्क टिभिल लगायत अन्य चिनीयाँ सञ्चारमाध्यमले निर्वाहा गरेको उल्लेखनीय भूमिकाबारे प्रकाश पारिएको थियो । साथै सम्मेलनमा दुवै देशको समृद्ध भविष्यकोलागि भावी योजनाहरु समेत छलफल गरिएको थियो।

    सम्मेलनले मिडिया एकीकरण, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयमा गहिरो छलफल सञ्चालन गर्दै दक्षिण एसियाली मिडिया विकासको उज्ज्वल भविष्यको लागि दुवै देशका सञ्चार माध्यमलाई संयुक्त प्रयास गर्न नवीन मंच प्रधान गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार