Sep 17 2026 | २०८३, असोज १ गते

काठमाडौंमा हुँदैछ पब्जी मोबाइलको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंकको प्रायोजनमा PMGO साउथ एसिया फाइनल्स

काठमाडौंमा हुँदैछ पब्जी मोबाइलको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंकको प्रायोजनमा PMGO साउथ एसिया फाइनल्स

एक्स्ट्रिम इनर्जी ड्रिंकको प्रायोजनमा PMGO साउथ एसिया फाइनल्स

मंगलबार, भदौ ३० २०८३
मंगलबार, भदौ ३० २०८३
  • काठमाडौंमा हुँदैछ पब्जी मोबाइलको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंकको प्रायोजनमा PMGO साउथ एसिया फाइनल्स

    काठमाडौं — नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा PMGO (पब्जी मोबाइल ग्लोबल ओपन) साउथ एसिया फाइनल्स आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा यो प्रतियोगिता सञ्चालन हुनेछ।

    प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत यस PMGO साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई-स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने आयोजकहरूको अपेक्षा रहेको छ।

    प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन समेत सञ्चालन हुनेछ, जहाँ विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रमहरू राखिएका छन्। यसका अतिरिक्त प्रतियोगिता अवधिभर एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन समेत सञ्चालनमा रहनेछन्, जसले सहभागी दर्शकका लागि थप रोमाञ्चक वातावरण सिर्जना गर्नेछन्।

    गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्ने उद्देश्यका साथ चार दिनसम्म चल्ने यस फाइनल्सले नेपालमा ई-स्पोर्ट्स र गेमिङ संस्कृतिलाई थप प्रवर्द्धन गर्ने आयोजकको विश्वास रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट