नेपाललाई हराउँदै म्यानमारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि
नेपाललाई हराउँदै म्यानमारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार बेहोरेको छ। दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यान्मारसँग २-० गोल अन्तरले पराजित भएको हो।
फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यान्मारले २९० को नतिजा निकालेको हो। म्यान्मारका लागि यू पीर खैंगले गोल गरेकी थिइन् भने अर्को गोल नेपालकी गीता रानाले आत्मघाती गोल गरेकी थिइन्।
योसँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो। यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियसिपको छ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पटकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो।
नेपाल हालसम्म अन्तर्राष्ट्रिय १३ वटा प्रतियोगिताको फाइनलमा पुगेको छ। तर अहिलसम्म उपाधि भने जित्न सकेको छैन।
