images

Sep 30 2026 | २०८३, असोज १४ गते

‘खल्ती’ र ‘एन्सेल’ सहकार्य गर्दै, ब्यालेन्स र डाटा बिना नै चल्ने भयो 'खल्ती एप'

‘खल्ती’ र ‘एन्सेल’ सहकार्य गर्दै, ब्यालेन्स र डाटा बिना नै चल्ने भयो 'खल्ती एप'

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २५ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २५ २०८१
  • ‘खल्ती’ र ‘एन्सेल’ सहकार्य गर्दै, ब्यालेन्स र डाटा बिना नै चल्ने भयो 'खल्ती एप'

    काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले एन्सेल सँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने भएका छन् ।

    निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्नेछन् । 

    यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ । इन्टरनेट मार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधा को भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्ट, Khalti Quiz  जस्ता  इनोभेटिफ सेवा सम्मको सुविधा प्रयोग गर्न पाउनेछन्।

    यसका साथै एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन 25 र चैत्र ३)  मजेदार उपहारको साथ फायर सेल्स घोषणा गरिएको छ। उक्त दिनहरूमा खल्तीबाट एन्सेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डाटा र भ्वाइस , भ्वाइस (सबैजना 100% पक्का), एयर बड (2 जनालाई), एक जोडा फिल्म टिकट (2० जनालाई) र 5 अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भिआइपी टिकट (2 जनालाई) जित्ने मौका पाउनेछन् ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट