images

Sep 30 2026 | २०८३, असोज १४ गते

दर्ता गर्न नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

दर्ता गर्न नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १९ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १९ २०८२
  • दर्ता गर्न नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता तथा सूचीकरण नगरेका फेसबुकसहितका सामाजिक सञ्जाललाई आजदेखि बन्द गर्ने निर्णय गरेको छ।

    आज मन्त्रालयमा बसेको मन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले सूचीकरण नगरी सञ्चालन भइरहेका सामाजिक सञ्जाल तत्काल बन्द गर्ने निर्णय गरेको हो। 

    यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र अनिवार्य सूचीकरण गर्न निर्देशन दिएको थियो । तर तोकिएको समयावधि भित्र सूचीकरण नभएपछि मन्त्रालयले कार्यान्वयन गर्दै आजदेखि ती सञ्जाल बन्द गर्न लागेको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट