images

Sep 30 2026 | २०८३, असोज १४ गते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २३ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २३ २०८२
  • सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् ।  

    सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारी हुनुपर्ने बताए ।  

    मन्त्री खरेलले भने, ‘पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ । यसले प्रस्तुत गर्ने सामग्रीमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ । पिएसबीमा जनताको सहज पहुँच सुनिश्चित गर्नुपर्छ ।’  

    उनले विविध चुनौतीकाबीच पिएसबीको सुरुआत भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिए । विदेशमा बसोबास गर्ने नेपाली तथा विदेशीको दृष्टिमा राष्ट्रको पहिचान र गौरव झल्कने सामग्री पिएसबीले समेट्न जरुरी भएको बताए ।  

    मन्त्री खरेलले नेपालमा मात्र नभई विश्वभर आमसञ्चारका माध्यम चुनौतीपूर्ण अवस्थामा रहेका भन्दै पिएसबीलाई ‘मोबाइल डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीका दर्शकस्रोता बढाउने गरी प्रसारण हुनुपर्ने बताए । उनले भने, ‘हिजोको जस्तो भित्तामा टेलिभिजन राखेरर चल्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरणअनुरुप अब सुधार गर्नैपर्छ । एनटिभीका पाँचवटै च्यानलमार्फत जनताको विश्वास जित्ने, ‘लाइक, भिवरसीप’ बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ।’

    कार्यक्रममा मन्त्री खरेलले पछिल्लो समय आमसञ्चारमाध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विविध चुनौती थपिँदै आमसञ्चारको दिगोपना र व्यवसायीकीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट