images

Sep 30 2026 | २०८३, असोज १४ गते

एनपिएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

एनपिएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २३ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २३ २०८२
  • एनपिएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

    काठमाडौं -राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

    सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।

    आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट