images

Sep 30 2026 | २०८३, असोज १४ गते

महिला टी–२० विश्वकप ग्लोबल छनोट: पहिलो खेलमा नेपाल र थाइल्यान्ड आमनेसामने

महिला टी–२० विश्वकप ग्लोबल छनोट: पहिलो खेलमा नेपाल र थाइल्यान्ड आमनेसामने

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ८ २०८२
  • महिला टी–२० विश्वकप ग्लोबल छनोट: पहिलो खेलमा नेपाल र थाइल्यान्ड आमनेसामने

    काठमाडौँ -जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ ।

    आइसिसीले आइतबार सार्वजनिक गरेको समूह विभाजन खेल खेल तालिका अनुसार नेपालको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग परेको हो । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिमेट मैदानमा हुने छ । 

    छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । 

    नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ । छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् । 

    ग्लोबल छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीलाई राखेको छ । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुने छ ।

    प्रशिक्षण क्याम्पमा निरन्तरता पाउने २० खेलाडीहरूमा इन्दु वर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सीता राना मगर र काजोल श्रेष्ठ रहनु भएको छ । 

    ग्लोबल छनोटका लागि क्यानले भारतीय हर्शल जयन्त पाठकलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । 

    1-23.jpg1-0_1.jpg

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट