images

Sep 30 2026 | २०८३, असोज १४ गते

साफ च्याम्पियनसिप: इतिहास बदल्ने नेपालको लक्ष्य

साफ च्याम्पियनसिप: इतिहास बदल्ने नेपालको लक्ष्य

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २० २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २० २०८३
  • साफ च्याम्पियनसिप: इतिहास बदल्ने नेपालको लक्ष्य

    भारत । दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेश टोलीसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्था छ ।

    सन् २०१० देखि आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब १६ वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ । यस अवधिमा कयौँपटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन । पछिल्लोपटक बङ्गलादेशले नेपाललाई टक्कर दिँदै पछि पार्दै आएको छ ।
    विगत पाँच वर्षयता नेपाल बङ्गलादेशसँग पराजित हुँदै आएको छ । साफ च्याम्पियनसिपको सुरुआती यात्रादेखि निरन्तर सन् २०२१ सम्म बङ्गलादेशलाई हराउँदै आएको नेपाल त्यसपछि भने पराजित हुँदै आएको हो ।

    पछिल्लो तथ्याङ्कअनुसा जम्माजम्मी १३ खेलमध्ये नेपालले छ खेलमा विजय हासिल गर्दा बङ्गलादेशले पाँच खेलमा जित हासिल गरेको छ । यसैगरी, दुई खेल बराबरीमा टुङ्गिएको छ ।

    सन् २०२२ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । सन् २०२४ को साफ च्याम्पियनसिपमा पनि बङ्गलादेशले नेपालाई नै हराउँदै लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो ।

    सोही हारहरूको बदला लिँदै आज नेपाल बङ्गलादेशसँग भिड्दै छ । भारतको गोवास्थित पण्डित जवाहरलालनेहरु रङ्गशालामा हुने उक्त खेल स्थानीय समयअनुसार अपराह्न ४ः०० बजे हुनेछ ।

    प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएका छन् । आजै हुने भारत र भुटानबीचको दोस्रो सेमिफाइन खेल राति ८ः०० बजे हुनेछ । विगत १६ वर्षदेखि उपाधिको नजिक पुगेर पनि खाली हात फर्किएको नेपाली टोली यसपटक इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

    रासस

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट