images

Sep 30 2026 | २०८३, असोज १४ गते

नेपाल बन्यो एसियन गेम्स छनोटको च्याम्पियन

नेपाल बन्यो एसियन गेम्स छनोटको च्याम्पियन

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
  • नेपाल बन्यो एसियन गेम्स छनोटको च्याम्पियन

    काठमाडौँ । नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि आफ्नो नाममा पारेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा सोमबार सिंगापुरमा हङकङलाई डकवर्थ-लुइस-स्टर्न (डीएलएस) मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

    फाइनलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले ७ विकेट गुमाएर १८८ रन संकलन गर्यो। हङकङका लागि अंशुमन रथले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रन र शाहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्कासहित ५५ रनको उपयोगी पारी खेले। नेपालका तर्फबाट शेर मल्लले ४ विकेट, करण केसीले २ विकेट र सन्दीप लामिछानेले १ विकेट लिए।

    १८९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपाल ११.३ ओभरमा ११४-२ को अवस्थामा थियो। ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रनको आक्रामक पारी खेले। कप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल क्रिजमा रहँदै खेल वर्षाले बाधित हुँदा डीएलएस मेथडअनुसार नेपाललाई विजेता घोषणा गरियो। प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, हङकङ, मलेसिया र ओमान एसियन गेम्समा छनोट भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट