images

Sep 30 2026 | २०८३, असोज १४ गते

स्वास्थ्य बीमा बोर्डले २०२ अस्पताललाई थप रु. ९१ करोडभन्दा बढी भुक्तानी दिने

स्वास्थ्य बीमा बोर्डले २०२ अस्पताललाई थप रु. ९१ करोडभन्दा बढी भुक्तानी दिने

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २ २०८३
  • स्वास्थ्य बीमा बोर्डले २०२ अस्पताललाई थप रु. ९१ करोडभन्दा बढी भुक्तानी दिने

    काठमाडौं । स्वास्थ्य बीमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बीमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप रु. ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

    नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको कार्यभार सम्हालेसँगै स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले सूचित गरेको छ ।

    मन्त्रालयका अनुसार, २०८३ जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत रु. १ अर्ब ३ करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो । त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत रु. ३२ करोड १३ लाख ६ हजार निकासा गरिएको थियो भने जेठ २७ गते थप रु. २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरिएको थियो ।

    सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ ।

    स्वास्थ्य बीमा बोर्डका अनुसार, सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य निर्धारित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट