मेसीको दोहोरो गोल, विश्वकपको सर्वाधिक गोलकर्ता बन्दै अर्जेन्टिना नकआउटमा
मेसीको दोहोरो गोल, विश्वकपको सर्वाधिक गोलकर्ता बन्दै अर्जेन्टिना नकआउटमा
काठमाडौं । विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसहित लियोनेल मेसीले दुई गोल हानेर अस्ट्रियाविरूद्धको खेलमा अर्जेन्टिनालाई ०-२ को जित दिलाएका छन्।
समूह चरणको खेलमा लगातार दोस्रो जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।
दोस्रो खेलमा अस्ट्रियालाई पराजित गर्दा दुवै गोल मेसीले गरे। उनले पहिलो गोल गर्नासाथ उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका थिए।
मेसीले विश्वकपमा आफ्नो १७ औं र १८औं गोल गर्दै जर्मनीका पूर्व स्ट्राइकर मिरवस्लाभ क्लोसको १६ गोलको कीर्तिमानलाई पछि पारे। क्लोसले सन् २००२ देखि २०१४ सम्म विश्वकपमा उक्त कीर्तिमान बनाएका थिए।
