Sep 16 2026 | २०८३, भदौ ३१ गते

महालक्ष्मी ग्रुप अफ कम्पनिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

महालक्ष्मी ग्रुप अफ कम्पनिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १५ २०८३
  • महालक्ष्मी ग्रुप अफ कम्पनिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    काठमाडौं, १५ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि महालक्ष्मी ग्रुप अफ कम्पनिज ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ।

    कम्पनीका अनुसार उक्त रकम संस्थापकका आमाबुबा अकिल बहादुर खड्गी (८२) र महालक्ष्मी खड्गी (७३) को तर्फबाट सहयोगस्वरूप उपलब्ध गराइएको हो। बाढी तथा पहिरोबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खड्गी परिवारले शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ।

    महालक्ष्मी ग्रुप अफ कम्पनिजले यसअघि पनि विभिन्न सामाजिक तथा विपद्का घडीमा सहयोग गर्दै आएको बताइएको छ। कम्पनीले उद्धार, राहत र पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायप्रति समेत आभार व्यक्त गरेको छ।

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो, जसपछि विभिन्न व्यक्ति, संघसंस्था र व्यावसायिक घरानाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्दै आएका छन्।

    WhatsApp Image 2026-08-31 at 14.04.23.jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार