Sep 16 2026 | २०८३, भदौ ३१ गते

रसुवा-नुवाकोट बाढी उद्धार अभियान: एनआरएनएको राहत तथा स्वास्थ्य सहयोग सातौं दिनमा पनि निरन्तर

रसुवा-नुवाकोट बाढी उद्धार अभियान: एनआरएनएको राहत तथा स्वास्थ्य सहयोग सातौं दिनमा पनि निरन्तर

एनआरएनएको राहत तथा स्वास्थ्य सहयोग सातौं दिनमा पनि निरन्तर

बुधबार, भदौ १७ २०८३
बुधबार, भदौ १७ २०८३
  • रसुवा-नुवाकोट बाढी उद्धार अभियान: एनआरएनएको राहत तथा स्वास्थ्य सहयोग सातौं दिनमा पनि निरन्तर

    काठमाडौं। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान भदौ १७ गते आज सातौं दिनमा पनि निरन्तर जारी रहेको छ।

    बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङसँग एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मासहितका पदाधिकारीहरूबीच संघको सचिवालयमा समन्वयात्मक छलफल भएको छ। छलफलमा प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सेवा, औषधि, चिकित्सक तथा स्वास्थ्यकर्मीको परिचालन, सरसफाइ, मानव तथा पशुका शव व्यवस्थापन, स्वास्थ्य सुरक्षा सामग्री र महामारी नियन्त्रणलगायतका विषयमा छलफल भएको हो।

    तत्काल राहत र दीर्घकालीन सहयोगका साथै दोस्रो चरणमा बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयसँग समझदारीपत्र (MoU) गरी पुनःस्थापना र पुनर्निर्माणमा सहकार्य गर्ने विषयमा पनि सहमति भएको छ।

    यसैबीच, बाढी प्रभावित नुवाकोटको बाघटारमा एनआरएनएको अगुवाइमा मेडिसिटी अस्पताल र मेट्रोसिटी अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालनको तयारी अघि बढाइएको छ। यसका लागि एनआरएनए आईसीसी सदस्य डा. सन्जिब सापकोटा र स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा १० जनाको चिकित्सक तथा स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा पुगेको छ।

    साथै, बिग्नाहर्ता नेपालसँगको सहकार्यमा रसुवाका बाढी प्रभावित ६० परिवारका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको छ, जुन दुर्गम तथा सडकमार्गबाट पुग्न कठिन भएका स्थानहरूमा हवाईजहाजमार्फत पुर्‍याइनेछ।

    आवश्यकता पहिचानका लागि एनआरएनएका अध्यक्ष डा. शर्मासहितका पदाधिकारीहरूले रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ र ३ का स्थानीय प्रतिनिधिहरूसँग भेट गरी उनीहरूको वर्तमान अवस्था र समस्याबारे जानकारी लिएका छन्।

    यसैगरी, बाढीमा आफ्ना अभिभावक गुमाएका नुवाकोटका तीन जना विद्यार्थी आज लण्डनबाट नेपाल फर्केका छन्, जसलाई एनआरएनएका महासचिव डा. चिरन्जीवी खड्काको नेतृत्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेको हो। उनीहरूलाई भोलि नै गृहजिल्ला नुवाकोट पुर्‍याउन आवश्यक सहजीकरण गरिनेछ।

    काठमाडौंको येलो गुम्बामा आश्रय लिइरहेका रसुवाका बाढी प्रभावित परिवार र बालबालिकाको मनोसामाजिक अवस्था पहिचान गर्न डा. सञ्जीव सापकोटाको नेतृत्वमा एनआरएनएको विज्ञ टोलीले स्थलगत अवलोकन गरेको छ। टोलीले बालबालिकालाई सामाजिक रूपमा सहज बनाउन खेल तथा मनोरञ्जनमूलक विभिन्न गतिविधि सञ्चालन गरेको छ।

    गैरआवासीय नेपाली संघ सचिवालय, बालुवाटार, काठमाडौं

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार