Sep 16 2026 | २०८३, भदौ ३१ गते

कुलरदेखि सेनेटरी प्याडसम्म: एनआरएनएको निरन्तर सहयोग

कुलरदेखि सेनेटरी प्याडसम्म: एनआरएनएको निरन्तर सहयोग

एनआरएनएको निरन्तर सहयोग

शुक्रबार, भदौ १९ २०८३
शुक्रबार, भदौ १९ २०८३
  • कुलरदेखि सेनेटरी प्याडसम्म: एनआरएनएको निरन्तर सहयोग

    काठमाडौं — रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान आठौं दिन पनि निरन्तर जारी रहेको छ।

    एनआरएनएले रसुवा जिल्लाका बाढीपीडितहरूलाई आज पनि राहत सामग्री हस्तान्तरण गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भई हाल नागार्जुन नगरपालिका–२, काठमाडौंस्थित एल्लो गुम्बा र मुस्ताङ गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकाको दैनिक जीवन सहज बनाउन एनआरएनएको तर्फबाट विभिन्न राहत सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीमा ६ थान कुलर, २ थान डीप फ्रिज, २०० थान सेनेटरी प्याड, ६ प्याकेट डाइपर, ३४० थान चप्पल, ३०० थान ब्ल्याङ्केट, ३०० थान टावेल र ३०० थान सिरानी रहेका छन्। उक्त सामग्री गोसाइँकुण्ड गाउँपालिका–१ का वडा अध्यक्ष उकेन छिरिङ तामाङलाई हस्तान्तरण गरिएको हो।

    FB_IMG_1788458586938.jpg

    1000066547.jpg

     

    यसअघि हिजो पनि आश्रयस्थलमा रहेका परिवारको आवश्यकतालाई ध्यानमा राख्दै ६ थान कुलर र २ थान डीप फ्रिज हस्तान्तरण गरिएको थियो। आज पनि त्यहाँको थप आवश्यकताअनुसार थप ६ थान कुलर र २ थान डीप फ्रिजसहित अन्य आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो। कुलर तथा डीप फ्रिज एनआरएनएका सह-कोषाध्यक्ष अब्दुल बसिदले प्रायोजन गर्नुभएको हो।

    राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूबाट बाढी प्रभावितका लागि सहयोग आउने क्रम जारी छ। सहयोग रकम संकलनलाई थप प्रभावकारी बनाउन विभिन्न एनसीसी तथा सम्बन्धित पक्षसँग आज थप संवाद गरिएको छ। सो क्रममा बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलनमा भइरहेको पहल तथा प्रगतिबारे जानकारी लिँदै थप सहयोग जुटाउन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई अनुरोध गरिएको छ।

    1000066394.jpg

    1000066436.jpg

    बाढी प्रभावित नुवाकोटको बाघटारमा स्वास्थ्य शिविर सञ्चालनका लागि गएको एनआरएनए नेतृत्वको चिकित्सकसहितको टोली प्रतिकूल मौसम र सडकको अवस्थाका कारण साँझ मात्रै नुवाकोट पुगेको छ। खराब मौसम तथा सडक अवरुद्ध हुँदा टोलीलाई गन्तव्यसम्म पुग्न आज दिनभर समय लागेपछि भोलिदेखि मात्रै शिविर सञ्चालन हुनेछ। बागमती प्रदेश सरकारको समन्वयमा त्रिशुली प्रादेशिक अस्पतालमा हुन लागेको यस शिविरको नेतृत्व ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना काँडेल र एनआरएनए आईसीसी सदस्य डा. सञ्जीव सापकोटाले गर्नुहुनेछ। उक्त टोलीमा अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठलगायत हुनुहुन्छ।

    1000066382.jpg

    IMG_20260903_172222142_HDR.jpg

     

    शिविरमा करिब २५० प्रभावित परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, सरसफाइ सचेतनाका साथै विपद् व्यवस्थापन र प्राथमिक उपचार तालिम प्रदान गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार