एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग
उद्धार कोषमा १ करोड ३५ लाख सहयोग
काठमाडौं — हालै आएको बाढीका कारण प्रभावित भएका व्यक्ति, परिवार तथा समुदायप्रति एफवानसफ्ट ग्रुपले हार्दिक सहानुभूति व्यक्त गरेको छ। यस कठिन समयमा एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. १ करोड ३५ लाख सहयोग गरिएको छ।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरूसँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले गरिएको हो।
यससँगै, फोनपे र इसेवामार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति एफवानसफ्ट ग्रुपले हार्दिक आभार व्यक्त गरेको छ। हालसम्म इसेवाका १ लाख २९ हजार १३ प्रयोगकर्ताले रु. ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले रु. २ अर्ब १९ करोड सहयोग गरेका छन्।

फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ। भारतबाट एनपीसीआई-इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले रु. ४ करोड २२ लाख, र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले रु. १ करोड ६३ लाख सहयोग गरेका छन्।
संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ। साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले हार्दिक आभार व्यक्त गरेको छ।