Sep 16 2026 | २०८३, भदौ ३१ गते

एनआरएनएको राहत अभियान निरन्तर, सरकारलाई थप २० लाख हस्तान्तरण

एनआरएनएको राहत अभियान निरन्तर, सरकारलाई थप २० लाख हस्तान्तरण

सरकारलाई थप २० लाख हस्तान्तरण

मंगलबार, भदौ २३ २०८३
मंगलबार, भदौ २३ २०८३
  • एनआरएनएको राहत अभियान निरन्तर, सरकारलाई थप २० लाख हस्तान्तरण

    काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान हिजो १२औँ दिनमा पनि निरन्तर जारी रह्यो ।

    एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा एनआरएनए र नेपाल रेडक्रस सोसाइटीबीच बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । छलफलमा प्रभावित क्षेत्रको वास्तविक आवश्यकता मूल्याङ्कन गरी 'ग्याप' भएका क्षेत्रमा मात्रै सहयोग केन्द्रित गर्ने तथा नुवाकोटको तुप्चे र रसुवाको टिमुरेलगायतका क्षेत्रमा स्थानीय तह, रेडक्रस तथा स्थानीय साझेदारसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिइएको छ ।

    IMG-20260907-WA0137~2.jpg

    स्थानीय स्तरमा राहत तथा मानवीय सहयोगका लागि एनआरएनएबाट रु. ५ लाखसम्म सहयोग उपलब्ध गराउने तथा दुई संस्थाबीच समन्वयका लागि एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट Disaster Management Director सागर श्रेष्ठलाई फोकल पर्सन तोकेर सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

    भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि एनआरएनएको आह्वानमा संकलित रकममध्ये एनसीसी रुसियाले रु. २० लाख सहयोग गरेको छ । उक्त रकम संघको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । भोटेकोशी बाढीपीडितका लागि संघले सरकारलाई हालसम्म रु. १ करोड २० लाख सहयोग हस्तान्तरण गरिसकेको छ । साथै, संघको नेतृत्वमा प्रभावित क्षेत्रमा करिब १ करोड बराबरको राहत सामग्रीसमेत वितरण गरिएको छ ।

    IMG-20260907-WA0143.jpg

    यसैगरी, भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनआरएनएको प्रांगणमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।

    महिला उपाध्यक्ष राधिका गुरुङ (टीका)को संयोजनमा सम्पन्न कार्यक्रममा अध्यक्ष डा. हेमराज शर्मा, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक डा. बद्री केसी लगायत पूर्वअध्यक्ष तथा पदाधिकारीहरूले विपन्न प्रभावित परिवारको पीडामा संघ सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै राहत, स्वास्थ्य सेवा र आवश्यक सहयोगमार्फत प्रभावित परिवारलाई तत्काल र दीर्घकालीन रूपमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

    IMG-20260907-WA0081.jpg

    IMG-20260907-WA0080.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार