परराष्ट्र तथा भूमि मन्त्रालयसम्बन्धी प्रश्नोत्तर,
परराष्ट्र तथा भूमि मन्त्रालयसम्बन्धी प्रश्नोत्तर,
आज बस्दै प्रतिनिधि सभा बैठक
काठमाडौं — संघीय संसदको प्रतिनिधि सभा बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित सांसदका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय भएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारले आफ्नो अवस्था स्पष्ट पार्ने घोषणासहित सम्बन्धित सम्मेलन अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसैगरी आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठकहरू पनि बस्ने तालिका रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा नियमित मौखिक प्रश्नोत्तर कार्यक्रमअन्तर्गत सांसदहरूले आ-आफ्ना निर्वाचन क्षेत्रसँग जोडिएका मुद्दा तथा मन्त्रालयगत योजना कार्यान्वयनको प्रगतिबारे प्रश्न उठाउने गरेका छन्, जसको जवाफ सम्बन्धित मन्त्रीले सदनमै दिनुपर्ने व्यवस्था छ। संसदीय समितिहरूको समानान्तर बैठकले विधेयकहरूलाई दफावार छलफलमार्फत टुंग्याउने र सरकारका मन्त्रालयगत कामकारबाहीको अनुगमन गर्ने कार्यलाई निरन्तरता दिएको छ।