images

Oct 01 2026 | २०८३, असोज १५ गते

भदौ महिनाका लागि ५ बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज?

भदौ महिनाका लागि ५ बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज?

कुन बैंकमा कति पाइन्छ ब्याज?

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ३१ २०८३
  • भदौ महिनाका लागि ५ बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज?

    काठमाडौं। वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार साउनको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ।

    सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकले मात्र आफ्नो अघिल्लो महिना (साउन)को ब्याजदरमा कटौती गरेका छन्, भने बाँकी १५ वटा बैंकले पुरानै दर कायम राखेका छन्। यस पटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

    ब्याजदरमा सबैभन्दा ठूलो कटौती सिद्धार्थ बैंक र नेपाल बैंकले गरेका छन्।

    • सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीतर्फ ०.२९ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.२० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।
    • नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.५ प्रतिशत बिन्दुले ब्याजदर कम गरेको छ।

    यसबाहेक सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगततर्फ ०.१ प्रतिशत बिन्दु, कुमारी बैंकले ०.०९ प्रतिशत बिन्दु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएका छन्। यी तीनवटै बैंकले भने संस्थागत तर्फको ब्याजदर साउनकै स्तरमा स्थिर राखेका छन्।

    नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले भदौका लागि आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

    व्यक्तिगत मुद्दती निक्षेप

    • सबैभन्दा धेरै: नबिल बैंक र प्रभु बैंक — अधिकतम ४.५५ प्रतिशत
    • सबैभन्दा कम: कुमारी बैंक र सिद्धार्थ बैंक — अधिकतम ३.७६ प्रतिशत

    संस्थागत मुद्दती निक्षेप

    • सबैभन्दा धेरै (३.५ प्रतिशत): नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट, हिमालयन
    • सबैभन्दा कम (२.७५ प्रतिशत): प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई, स्ट्यान्डर्ड चार्टर्ड

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार