पृथ्वी राजमार्गमा कृष्णभीर अवरुद्ध सडक खण्डमा आजदेखि दुईतर्फी यातायात सुचारु
पृथ्वी राजमार्गमा कृष्णभीर अवरुद्ध सडक खण्डमा आजदेखि दुईतर्फी यातायात सुचारु
आजदेखि दुईतर्फी यातायात सुचारु
काठमाडौं, १ असोज। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा लामो समयदेखि अवरुद्ध रहेको सडक खण्डमा आजदेखि दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ। भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खाललाई क्षति पुर्याएपछि सो खण्डको मूल सडक भासिन पुगेको थियो, जसका कारण लामो समय एकतर्फी सवारी सञ्चालन गर्नुपरेको थियो।
भासिएको मूल सडकको कुनापट्टिबाट नयाँ ट्र्याक खोलेर आवश्यक स्तरोन्नति गरेपछि आज बिहानदेखि दुवैतर्फका सवारीसाधन आवतजावत गर्न दिइएको हो। भदौ २८ गतेदेखि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको सो सडकमा आवश्यक पूर्वाधार निर्माणको काम सकिएसँगै आजदेखि पूर्ण रूपमा दुईतर्फी यातायात खुला गरिएको हो।
यसअघि भदौ १४ गते आएको अर्को बाढीले पनि कृष्णभीर क्षेत्रमा थप क्षति पुर्याएको थियो, जसका कारण राजधानी र पश्चिमी क्षेत्रबीच आवागमन गर्ने यात्रुहरूले लामो सास्ती व्यहोर्नुपरेको थियो। अहिले दुवैतर्फी सडक खुला भएसँगै यात्रुहरूले राहत महसुस गरेका छन्।