Sep 16 2026 | २०८३, भदौ ३१ गते

पशुपतिमा भारतीय भट्ट नै किन पूजारी हुन्छ ?

पशुपतिमा भारतीय भट्ट नै किन पूजारी हुन्छ ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • पशुपतिमा भारतीय भट्ट नै किन पूजारी हुन्छ ?

    हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर रिक्त रहेको एक पुजारी नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ती गर्दै आज(बुधबार) नयाँ पूजारीलाई मन्दिर प्रवेस गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

    चार महिना अघि एक पुजारीले राजीनामा गरेका थिए ।  कार्यकारी निर्देशक खतिवडाले भने,‘रिक्त रहेको एक पुजारी नियुक्त गरेर  मन्दिर प्रवेस गराएका छौं ।’

    नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिग हुन् । उनलाई बुधबार मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेस गराइएको हो । पशुपतिमा चार मुल पुजारी हुने गर्दछन् ।तर, चार महिना देखि तीन जना मात्र थिए । मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजिनामा गरेका थिए ।

    पशुपतिमा भारतीय पूजारी किन ?

    यो संसारकै सबैभन्दा धेरै हिन्दुहरुको आस्था बोकेको मन्दिर श्री पशुपतिनाथमा भारतीय ब्राह्मण भट्ट मूल पुजारी छन् भने भारतको काशीमा रहेको भारतकै सबैभन्दा महान् शिव मन्दिर विश्वनाथमा नेपाली ब्राह्मण मूल पुजारी छन् ।
    काशीनाथ मन्दिरको मूल पुजारी बन्नको लागि संसारभरिका हजारौं पूजारीसँग प्रतिस्पर्धा गरेर मात्र सम्भव छ भने हाम्रो श्री पशुपतिनाथ को मूल पूजारी बन्न हजारौं गुण र ज्ञानले पोख्त हुनु पर्छ।
    हाम्रो श्री पशुपतिनाथ मन्दिरका मुल पुजारी किन भारतीय नै?

    ब्राम्हण २ प्रकारका हुन्छन:
    पहिलो शुक्ल यजुर्वेदी अनि दोश्रो कृष्ण यजुर्वेदी
    शुक्ल यजुर्वेदी ब्राम्हण भनेका नेपालका ब्राह्मण हुन्, तर कृष्ण यजुर्वेदी ब्राम्हण भनेको दक्षिण भारतको पनि कर्नाटक, महाराष्ट्र, आन्ध्र लगायतको २/४ स्थानमा मात्र पाइने ब्राह्मण हुन् !
    नेपाल देश भनेको मन्त्र एवं तन्त्र साधना द्वारा बाँधिएको एक दिव्य भूमि हो। यहाँ गरिबी छ तर पनि मानिसले आफ्नो संस्कार त्यागेका छैनन्, फल:स्वरूप त्यत्रा शक्तिशाली पश्चिमा राष्ट्रहरूले समेत नेपाललाई इतिहासको कुनै कालखण्डमा हराउन सकेनन्  ।
    त्यसैले त हामीले निकम्मा नेतृत्व पाउदा समेत यो देश भगवान भरोसा मै चलिरहेको छ । श्री पशुपतिनाथ नेपालको इष्टदेव हुन् !
    इष्टदेव अर्थात् नेपालको कुल देउता । यहाँलाई थाहा छ या छैन, भगवान शिवको शिवांश खान मिल्दैन । त्यसैले हो, शिवलाई कुनै पनि प्रसाद चढाइदैन ! केवल बेलपत्र, जल, दुध आदी मात्र चढाईन्छ ।
    तर कुनै कारणवश भगवान शिवलाई फलफूल प्रसाद चढाइयो भने पनि खान मिल्दैन ! खान हुँदैन !
    बुझ्ने मान्छेले भगवान शिवको प्रसाद निधारमा लगाउँछन तर खाँदैनन्, दोष लाग्छ ! कुल देवता भनेको पिता समान् हुन!
    त्यसैले भगवान शिव नेपालको इष्ट देवता हुनुहुन्छ ।

    पशुपतिमा पुजारी हुनको लागि कृष्ण यजुर्वेदी नै ब्राम्हण चाहिन्छ! कृष्ण यजुर्वेदी ब्राम्हणको विशेषता के हुन्छ भने; यदि उनीहरूको घर परिवारमा कसैको मृत्यु भइहाल्यो भने हात मुख धोएर आएपछि सकिन्छ ।
    जुठो बारेर बस्न परेन ।

    जसको कारण पूजाआजामा कहिल्यै अवरोध सिर्जना हुँदैन! भगवान शिव भनेको तन्त्र साधनाका प्रणेता हुन!  तन्त्र शास्त्र के हो पहिले यसलाई बुझौ ।
    तन्त्र साधना ३ भागमा विभाजन गरिएको छ !
    आगम तन्त्र
    यामल तन्त्र र
    मुख्यर तन्त्र 


    आगम तन्त्रमा शैवागम, रुद्रागम र भैरवागमन प्रमुख हुन्छ ।
    यो कुरामा कृष्ण यजुर्वेदीहरू निपूर्ण हुन्छन। वैदिक ज्ञानको साथ साथै आगम तन्त्रको ज्ञाता नभई पशुपतीको पुजारी बन्न पाइँदैन !
    एक होइन पशुपति पुजारी बन्नको लागि कयौँ चरण पार गर्नुपर्दछ !
    धेरै विधिविधानहरूमा निपूर्ण हुन पर्दछ ! यहाँ सम्म कति बिहे गर्न पाउने, कति सन्तान जन्माउन पाउने त्यो समेत उल्लिखित छ विधिविधानमा ।
    शास्त्र जान्दैमा मात्र पुजारीको लागि योग्य बन्न सकिदैन ! तन्त्रसाधना भित्र पनि कयौँ गुह्य विद्या छन् !
    सम्मोहन, त्राटक, त्रिकाल, इन्द्रजाल, परा, अपरा र प्राण विद्या यी सबैमा निपूर्ण हुन्छन् पशुपतिको पुजारी !
    तन्त्र साधनाको प्रथम उपदेशक शिव हुन् ! शिव पश्चात् भगवान दत्तात्रेय, नारद, परशुराम, पिप्पलादि, वसिष्ठ, सनक, शुक:, सन्दन, सनतकुमार, भैरव, भैरवी, काली आदी धेरै तन्त्र साधकहरू त्यसपछि देखापरे !
    शान्ति कर्म, वशीकरण, स्तम्भन, विद्वेषण, उच्चाटन, मारण आदि कर्ममा तन्त्र साधक निपूर्ण हुनु पर्दछ । त्यति मात्र नभएर मारण, मोहनं, स्तम्भनं, विद्वेषण, उच्चाटन, वशीकरण, आकर्षण, यक्षिणी साधना, रसायन क्रिया आदि प्रयोगमा साधक निपूर्ण हुनुपर्छ !
    हामीले सुन्दै आएका मन्त्रहरूको आफ्नै प्रकार छन् ।

    मन्त्रहरू ३ प्रकारका हुन्छन् ।
    १. वैदिक मन्त्र
    २. तान्त्रिक मन्त्र र 
    ३. शाबर मन्त्र 
    कृष्ण यजुर्वेदीहरू ३ वटै मन्त्रमा निपूर्ण हुन्छन् । तन्त्र साधकहरूले देवी काली, अष्ट भैरवी, नवदुर्गा, दस महाविद्या, अनि ६४ योगिनी आदिको साधना गर्दछन् ।
    त्यसैगरि बटुक भैरव, काल भैरव, नाग महाराज आदिको पनि तन्त्र साधकले पुजन गर्दछन् !  यिनीहरूलाई छोडेर यदि तन्त्र साधकले यक्षिणी, पिशाचिनी, अप्सरा, वीर साधना, गंधर्व साधना, किन्नर साधना, नायक नायिका साधान, डाकिनी-शाकिनी, विद्याधर, सिद्ध, दैत्य, दानव, राक्षस, गुह्मक, भूत, वेताल, आदिलाई पुजन गर्दछ त्यो स्वयं पतन हुन्छ! धेरै नियम छन् पशुपतिको पुजारी बन्नको लागि ! 


    के नेपालमा यस्तो योग्य व्यक्ति छ,जसले पशुपतिको पुजारी हुनको लागि योग्यता दर्शाउन सकोस् ?
    के नेपालमा कुनै कृष्ण यजुर्वेदी ब्राम्हण छ,जो यी कुरामा निपूर्ण होस ! पशुपतिको मूल पुजारी बन्नको लागि उसको एक भन्दा धेरै श्रीमती हुनु हुँदैन !
    पशुपति क्षेत्र विकास कोष (कार्यव्यवस्था) नियमावली, २०५४ को नियम ३ मा श्री पशुपतिनाथको पुजारीको योग्यता तथा नियुक्तिको बारेमा उल्लेख गरिएको छ।
    "श्री पशुपतिनाथको पुजारी हुन जन्मसिद्ध हिन्दु धर्मावलम्बी, वेदाध्यायी, सदाचारी, धर्मशास्त्रमा विशिष्ठ ज्ञान भएको, संस्कृतज्ञ, स्नातक, विद्वान ब्राह्मण र स्वजातिमा विवाह भएको व्यक्ति हुनुपर्नेछ र विधुर वा एकभन्दा बढी पत्नी भएको व्यक्ति मूल पुजारी हुने छैन ।" भनी उल्लेख गरिएको छ ।
    विन्ध्याचल पर्वतको दक्षिणमा जन्म लिएका कर्नाटक, महाराष्ट्र, आन्ध्र तथा द्रविणदेशका सपत्नीक गृहस्थ ब्राह्मण नै मात्र पुजारी हुनुपर्ने प्रचलन रहेको छ ! पुजारी आजन्म मांसाहार नगरेको, विर्य अखण्डित भएको, पुजारी भएर रहँदाबस्दा लवण सेवन (नुन खान) गर्न नहुने, जाडोघाम नभनी सत्आचारमा रही कठोर विधि पुर्‍याएर नित्यनैमित्तिक पूजा सञ्चालन गर्नुपर्ने हुन्छ ।

    के यति नैतिकता तिमीमा छ ? यी नियम तिमी पालन गर्न सक्छौ ?
    पशुपतिमा भारतीय पुजारी राख्ने कारण माथि भने जस्तै नेपाली जनताले शिवस्व नखाने चलन मुख्य हो । इतिहासमा राजस्व, देवस्व: र शिवस्व:को ठूलो महत्व रहेको छ । राजद्रोही र राज्य विरुद्धको कसुर गर्नेलाई शिवस्व: खुवाइन्थ्यो। शिवस्व खानेले चन्द्रसूर्य रहँदासम्म नरकमा नै यातना प्रताडना भोग्नुपर्ने मान्यता छ । पूजा प्रक्रम चलाउने भट्ट ब्राह्मणहरु कृष्ण यजुर्वेदको तैत्तिरीय शाखाध्यायी हुनुपर्ने विधान छ । नेपालका हरेक क्षेत्रमा शुक्ल यजुर्वेदको विभिन्न शाखा अनुशरण हुने गरेका छन । तर कृष्ण यजुर्वेद पढ्ने ब्रह्मनिष्ठ: विद्वानको उपस्थिति नेपालमा अहिलेसम्म बोध भएको छैन । माथि भनेझैँ पशुपतिनाथमा पुजारी हुन निगम र आगम (वेद र तन्त्र) दुईवटामा नै दीक्षित भई साधना गर्ने हुनुपर्छ ।
    वेद मार्ग मात्र नभई आगमिक मार्गबाट पशुपतिमा अर्चना हुनु मूलभूत विशेषता हो । नेपालीलाई पनि पुजारी बनाउन सकिन्छ यदि माथिको गुण हरू उसमा छ भने ! नेपाली पुजारी नियुक्त नहुनुको कारण के भने नेपालमा कृष्ण यजुर्वेद पढाई हुँदैन, कृष्णयजुर्वेदीय ब्राह्मण तत्काललाई नेपालमा उपलब्ध छैन। यदि नियुक्त नै गर्ने हो भने कृष्ण यजुर्वेदको तैत्तिरीय शाखा पढाउने व्यवस्था मिलाउन पर्‍यो । कृष्ण यजुर्वेद पढाउने जनशक्ति चाहिँ भारतबाट नै ल्याउनु पर्छ, अर्को विकल्प चाहिँ रहदै रहदैन । किनभने यहाँ त्यो जनशक्ति नै छैन ! दोस्रो, पुजारी नियुक्त गर्न श्रीविद्या साधना गर्ने ब्राह्मण नै चाहिन्छ। यसलाई सैद्धान्तिक धारबाट अध्ययन गरेर हुँदैन, प्रयोगात्मक धार नै अपेक्षित हुन्छ।  तन्त्रको श्रीविद्या परम्परा केवल गुरुशिष्य: परम्पराबाट मात्रै साध्य छ र अर्को तथ्य, तन्त्र मार्गको शाक्त परम्परामा प्रमुख दुई कुल छन् : 
    कालीकुल र श्रीकुल।
    नेपालमा काली कुल सर्वसुलभ रुपमा व्याप्त रहेको छ तर श्रीकुलको संख्या अति न्यून छ वा हातमा गन्न मिल्ने रुपमा श्री कुलका साधकहरु छन। श्रीकुलको दीक्षा नेपालमा लिन पाइँदैन, अझ स्पष्ट भन्दा वर्तमानमा त्यो परम्परा नेपालमा छैन। दक्षिण भारतमा मात्रै श्रीविद्याको अत्यधिक उपासना हुन्छ। त्यसैले पशुपतिमा भारतबाटै ल्याइएको भट्टलाई नियुक्त गरिन्छ ! एउटा अर्को तथ्य कृष्ण यजुर्वेदिको के छ भन्दा यदि कृष्ण यजुर्वेदिको घरमा जुठो नै परेपनि नुहाउँदा बित्तिकै चोखिन्छ, जुठो लाग्दैन र नित्य पूजा रोकिँदैन!! पशुपतिको नित्य पूजा कहिले पनि नरोकियोस् भनेर यस परम्पराको ब्राह्मण राखिन्छ।।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार